काठमाडौँ । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका शेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई १० खर्ब डलरको तलब प्याकेज दिने योजना स्वीकृत गरेका छन् ।
गत बिहीबार बसेको उक्त कम्पनीको वार्षिक साधारणसभामा ७५% शेयरधनीले एलन मस्कलाई तलब प्याकेज दिने पक्षमा मतदान गरेका थिए। कर्पोरेट सीईओको लागि यो अहिलेसम्मकै सबैभन्दा ठुलो तलब प्याकेज रहेको छ । मस्क यसअघि नै विश्वकै सबैभन्दा धनी व्यक्ति रहेका छन् ।
कम्पनीको सञ्चालक समिति, मस्क र खुद्रा लगानीकर्ताहरूले विगत केही दिनदेखि मस्कको तलब प्याकेजलाई १० खर्ब डलर पुर्याउन अभियान चलाएका थिए । मस्कले यो तलब प्याकेज पाउनको लागि टेस्लाको बजार मूल्य बढाउने, सुस्ताएको कार विक्रीलाई बढाउनु पर्ने, रोबोट्याक्सी र अप्टिमस रोबोटिक्समा निश्चित लक्ष्यहरू पूरा गर्नुपर्नेछ ।यति ठुलो तलब भुक्तानीको आलोचना भइरहेको थियो तर सञ्चालक समितिले भने योजना पारित नभए मस्कले कम्पनी छाड्न सक्ने र यो कम्पनीको लागि निकै महँगो हुने तर्क दिएका थिए ।







