काठमाडौं । एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन् । यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ ।

मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गरेका थिए । उनले यसअघि कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए ।