एजेन्सी । अमेरिकी खर्बपति व्यापारी तथा माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले एक्सलाई युरोपबाट हटाउने सोच बनाइरहेका छन् ।

युरोपले नयाँ इन्टरनेट कानुन ल्याएपछि मस्कले यतातिर सोच्न लागेका हुन् । एपलाई युरोपबाट हटाउने वा युरोपेली संघ (ईयू)का प्रयोगकर्ताहरूलाई एपमा पहुँच नदिनेबारे उनले छलफल सुरु गरिसकेको भन्दै स्रोतहरूलाई उद्धृत गर्दै इन्साइडरले एएटा समाचार छापेको छ ।

ईयूले अगष्टमा कडा खालको डिजिटल सेवा ऐन लागू गरेको थियो । यो कानुन हानिकारक कन्टेन्टको प्रसारलाई रोक्न, निश्चित खालका प्रयोगकर्ताहरूलाई ताक्ने अभ्यासलाई सीमित बनाउन वा सोमा बन्देज लगाउने लगायत उद्देश्यले ल्याइएको हो ।

यो कानुनले इन्टरनेट कम्पनीहरूलाई तिनका केही आन्तरिक डेटा नियामक र सम्बन्धित अनुसन्धाताहरूलाई उपलब्ध गराउन बाध्य पनि पारेको छ । यसबारे मस्क स्वयम्ले भने केही बताइसकेका छैनन् ।