काठमाडौँ । सन् २०२६ मा विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूची सार्वजनिक भएको छ। फोब्र्सले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिहरुको सूची सार्वजनिक गरेको हो।
प्रविधि, अनलाइन व्यापार, लगानी तथा विलासी ब्रान्ड व्यवसायमा संलग्न अर्बपतिहरू यस सूचीको शीर्ष स्थानमा देखिएका छन्। सूचीअनुसार टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्तिका रूपमा रहेका छन्। उनीपछि गुगलको मातृ कम्पनी अल्फाबेटका सह–संस्थापक ल्यारी पेज दोस्रो स्थानमा छन् भने सेर्गेई ब्रिन तेस्रो स्थानमा रहेका छन्।
त्यसैगरी अमेजनका संस्थापक जेफ बेजोस चौथो स्थानमा छन्। सामाजिक सञ्जाल कम्पनी मेटाका प्रमुख मार्क जुकरबर्ग पाँचौँ स्थानमा रहेका छन्।
यसैगरी ओरेकल कम्पनीका संस्थापक ल्यारी एलिसन छैटौँ स्थानमा छन् भने विलासी ब्रान्ड समूह एलभीएमएचका प्रमुख बर्नार्ड अर्नो सातौँ स्थानमा परेका छन्।
कृत्रिम बुद्धिमत्ता चिप निर्माण गर्ने कम्पनी एनभिडियाका प्रमुख जेन्सेन ह्वाङ आठौँ स्थानमा रहेका छन्। प्रसिद्ध लगानीकर्ता वारेन बफेट नवौँ स्थानमा छन्। स्पेनको इन्डिटेक्स जारा ब्रान्डका संस्थापक अमान्सियो ओर्टेगा दशौँ स्थानमा रहेका छन्।
अर्बपति विनोद चौधरी कति औँ स्थानमा छन् ?
नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९८२ औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्याङ्किङ अनुसार चौधरी कूल २.१ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन् ।
चौधरी सन् २०२५ मा १७६३ औं स्थानमा थिए । सो समयमा चौधरीको सम्पत्ति २ खर्ब डलर बारबरको रहेको फोर्ब्सले जनाएको छ ।
एक वर्षको अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले बढेको हो ।
हाल विश्वका शीर्ष धनी व्यक्तिहरूमध्ये अधिकांश प्रविधि क्षेत्रमा आबद्ध उद्यमीहरू रहेका छन्। प्रविधि कम्पनीहरूको तीव्र विस्तार र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रको विकाससँगै उनीहरूको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको विश्लेषकहरू बताउँछन्।
कसको सम्पति कति ?








