काठमाडौं । नेपालको अग्रणी होमऔआधारित सेवा प्लेटफर्म, भेटायो इंकले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको विश्वसनीय गैर९जीवन बीमा कम्पनीमध्ये एक हो, जसले भरपर्दो र व्यापक बीमा समाधान प्रदान गर्दै आएको छ ।
यस साझेदारीमार्फत, भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ ।
यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक पेशेवरलाई अतिरिक्त सुरक्षा प्रदान गर्नेछ र भेटायोको आफ्नो कार्यबलप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ भन्ने कम्पनीले विस्वास लिएको छ ।
भेटायोले आफ्नो सेवा विस्तारको लक्ष्यको पछाडी महत्त्वपूर्ण रुपमा रहेका सेवा प्रदायकलाई केन्दमा राखेको छ।दुर्घटना बीमा उपलब्ध गराएर हामी चाहन्छौं कि हाम्रा प्रदायकहरू सुरक्षित रहुन र आफ्नो करियर विकास गर्न उत्साहित” रहुन भन्ने चाहाना रहेको भेटायोका सह९संस्थापक, रोचन मान महर्जनले उल्लेख गरे ।
यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्र बढाउँदैन, नेपालमा सेवा उद्योगमा नयाँ मापदण्ड समेत तय गर्दछ, जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ ।
भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई यसको समर्थन र पहल सफल बनाउन योगदान पुर्याएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ। दुवै संस्थाको लक्ष्य नेपालमा विश्वासिलो, जिम्मेवार, र आम मानिस९केन्द्रित सेवा को वातावरण निर्माण गर्नु हो ।







