काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले पुस २३ गते, बुधबार, चन्द्रागिरी हिल्स लिमिटेड, बटम स्टेशन परिसर, थानकोट काठमाडौँमा साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेबाट शुरु हुनेछ।

सभाले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

chandragiri