काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीकाे गत आर्थिक वर्षमा नाफा आर्जन बढेको छ । अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा गत आवमा कम्पनीको नाफा ७९६.३९ प्रतिशतले बढेकाे हाे ।
कम्पनीको नाफा ७९६.३९ प्रतिशतले बढेर १५ करोड ११ लाख ६२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १ करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ८९ लाख ७८ हजार रुपैयाँबाट बढेर ९१ करोड ३४ लाख १७ हजार रुपैयाँ छ ।
कम्पनीको कुल नाफा ७९ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५६ करोड ४० लाख ४७ हजार रुपैयाँ रहेको थियो । बिक्री लागत १२ करोड ८ लाख १७ हजार रुपैयाँ रहेको छ।
१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष भने २३ करोड ४४ लाख ७१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहेको छ ।