काठमाडौँ । हिमालयन बैंक लिमिटेडले विभिन्न ६ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीका लागि खुला गरेको हो।

उक्त सेयर खरिदका लागि हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौँको कमलादीस्थित बैंकको कानून विभागमा आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।

सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक तोकिएकाले मूल्य, प्रक्रिया तथा अन्य विस्तृत जानकारीका लागि बैंकको कानून विभागमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। बैंकका अनुसार तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नआएमा, उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।