काठमाडौँ । भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको तुलनामा १२०.१६ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४१ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिसम्म कम्पनीले कुल ८ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको ५ करोड ५४ लाख रुपैयाँको तुलनामा ४७.०८ प्रतिशतले बढी हो।
यस अवधिमा कम्पनीले २ करोड ६३ लाख रुपैयाँ सञ्चालन खर्च र २ करोड ४ लाख रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ।
कम्पनीको चुक्तापुँजी ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार ६ करोड ४ लाख रुपैयाँ कायम छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०८.९१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२.०८ रुपैयाँ, तरलता अनुपात १५.६९ प्रतिशत र मूल्य–आम्दानी अनुपात ८४.२९ गुणा कायम भएको छ।







