काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ । कम्पनीले फागुन ५ गतेदेखि १२ लाख ८६ हजार ५ सय कित्ता साधारण सेयर बिक्रीका लागि खुला गरेको हो ।

उक्त सेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँ बराबरको अनुमति प्राप्त गरेको थियो । यसअन्तर्गत पहिलो चरणमा गत पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सेयर बिक्री खुला गरिएको थियो ।