काठमाडौँ । सुपर खुदी हाईड्रोपावर लिमिटेड को प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ।

कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल को काठमाडौँस्थित नक्साल कार्यालयमा आज बिहान साढे ८ बजे बाँडफाँड गरिएको हो।

क्यापिटलका अनुसार उक्त आईपीओमा कुल २६ लाख २० हजार ३४१ जना आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ९५० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। जसमध्ये २ करोड ७७ लाख ३ हजार ८८० कित्ता सेयरका लागि परेको २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएको छ भने ३९ हजार ८७८ आवेदन बदर भएका छन्।

स्वीकृत आवेदकमध्ये गोलाप्रथामार्फत १ लाख २८ हजार ६५० जनालाई न्यूनतम १० कित्ताका दरले कुल १२ लाख ८६ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको जनाइएको छ। आईपीओको नतिजा मेरोसेयर प्रणाली तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

अनलाइनमा सार्वजनिक भएपछि यी तीन माध्यमबाट सजिलै आईपीओको नतिजा हेर्न सकिनेछ।

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट:https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login