काठमाडौँ। यातायात व्यवस्था विभागले हालै १,६७३ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको विवरण सार्वजनिक गरेको छ।
विभागले यो जानकारी सोमबार आफ्नो फेसबुक पेज “हेल्लो यातायात व्यवस्था विभाग” मार्फत उपलब्ध गराएको हो।
साथै, विभागले छापिएको लाइसेन्स लिन आउने सबै व्यक्तिहरूलाई सक्कल राजश्व तिरेको रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिएर विभागमा उपस्थित हुन अनुरोध गरेको छ।







