काठमाडौं । दुई कम्पनीले आज फागुन २६ गते आईपिओ निष्काशनको अनुमति पाएका छन् । कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएका हुन् ।

कालंगा हाइड्रोलाई नेपाल धितोपत्र बोर्डले ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्काशनको अनुमति दिएको हो। अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ।

आईपिओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै, नेपाल धितोपत्र बोर्डले सानीगड हाइड्रोलाई ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।