काठमाडौं । ग्रीन लाईफ हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले सो अवधिसम्म १ करोड ८८ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ५० लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानीमा वृद्धि भएपछि नाफा पनि बढ्न सहयोग पुगेको देखिन्छ। समीक्षा अवधिसम्म कम्पनीको कुल आम्दानी ७.३५ प्रतिशतले बढेर ५ करोड २६ लाख ४२ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले ४ करोड ९० लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको थियो।

वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) १.६७ रुपैयाँबाट बढेर २.०९ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रति सेयर नेटवर्थ १०८.१९ रुपैयाँबाट वृद्धि भई ११०.७७ रुपैयाँ पुगेको छ।

त्यसैगरी कम्पनीको पीई रेसियो १४६.१६ गुणाबाट घटेर ११९.६६ गुणामा झरेको छ भने तरलता अनुपात ०.१४ प्रतिशतबाट घटेर ०.०३ प्रतिशतमा कायम भएको विवरणमा उल्लेख गरिएको छ।