काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्री प्रक्रिया अघि बढाएको छ। कम्पनीले संस्थापक सेयरधनी पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

कम्पनीका अनुसार उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ निर्धारण गरिएको छ। यो सेयर हाललाई छिमेक लघुवित्तकै विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र उपलब्ध गराइएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजातसहित आफूले किन्न चाहेको सेयर संख्या खुलाएर आगामी ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

निर्धारित समयसीमाभित्र संस्थापक समूहबाट पर्याप्त आवेदन नआएमा बाँकी सेयर सर्वसाधारणमा बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।