काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको भाउ यथावत् रहेको छ । बिहीबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको सुन आज पनि सोही दरमा कारोबार भइरहेको छ ।

यसैबीच, नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ। बिहीबारको तुलनामा तोलामा ५० रुपैयाँले बढेर आज चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँ पुगेको छ ।