काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै स्थिर रहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार पनि यही मूल्य कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव देखिएको छैन। महासंघका अनुसार शुक्रबार प्रतितोला ४ हजार ८३० रुपैयाँ रहेको चाँदी आइतबार पनि सोही दरमा कारोबार भइरहेको छ।







