काठमाडौँ। स्काई लाइन इन्फ्रा लिमिटेडले प्रिमियम दरमा सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रक्रिया अघि बढाएको छ। यस प्रयोजनका लागि कम्पनीले विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ । साधारण सभामा आईपीओ जारीसम्बन्धी प्रस्ताव पेश गरिनेछ।

कम्पनीको सञ्चालक समितिको चैत १५ गते बसेको बैठकले वैशाख ११ गते वीरगञ्जस्थित होटल सरोबरमा साँझ ५ बजे सभा आयोजना गर्ने तय गरेको हो। सो सभामा कम्पनीको २० प्रतिशत सेयर प्रिमियम मूल्यमा सर्वसाधारणलाई वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि पेश गरिनेछ।

आईपीओ जारी प्रक्रियासँग सम्बन्धित सम्पूर्ण काम अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार दिने विषय पनि कार्यसूचीमा समावेश गरिएको छ।