काठमाडौं । सालपा विकास बैंक चालू आवको तेस्रो त्रैमासम्ममा ३१ लाख बढी घाटामा गएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तमा ३१ लाख ८९ हजार घाटामा गएको हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले ३५ लाख ८४ हजार घाटा बेहोरेको थियो।

बैंकले १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब १९ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यसैबीच बैंकको खराब कर्जा ६.९२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशमा झरेको छ भने खुद ब्याज आम्दानी ५ करोड २२ लाख रुपैयाँबाट बढेर ५ करोड ५७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ करोड ८८ लाख रुपैयाँबाट बढेर ६ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी १.३६ रुपैयाँ ऋणात्मकबाट ०.८१ रुपैयाँ ऋणात्मक भएको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १०३.७५ रुपैयाँ र बेस रेट ९.९१ प्रतिशत छ। चुक्ता पूँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ करोड ९५ लाख रुपैयाँ सञ्चिति रहेको छ भने वितरणयोग्य मुनाफा १ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।