काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

कार्यालयले एक औपचारिक कार्यक्रममा काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल तथा स्कुटरहरू बरामद गरी धनीलाई हस्तान्तरण गरेको हो। आफ्ना सवारी फिर्ता पाएपछि सवारीधनीहरूले ट्राफिक प्रहरीप्रति आभार व्यक्त गरेका छन्।

यसैबीच, ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभाग लाई सिफारिस गरिएको छ।