काठमाण्डौ – भारत सरकारले चाँदीको आयातमा तत्काल लागू हुने गरी कडा प्रतिबन्ध लगाएको छ। सरकारी आदेशअनुसार अब ९९.९ प्रतिशत शुद्धता भएका चाँदीका बार तथा अर्ध–प्रशोधित चाँदीका अधिकांश उत्पादनहरू ‘प्रतिबन्धित’ श्रेणीमा राखिएका छन्।
यससँगै ९९ प्रतिशत शुद्धता भएका चाँदीका बार, कच्चा चाँदी, चाँदीको पाउडर र सुन र प्लेटेनियमको जलप भएको चाँदी मगाउन भारत सरकाबाट अनुमति लिनु पर्ने भएको छ ।
यो निर्णयसँगै भारतले चाँदी आयातलाई नियन्त्रण गर्दै विदेशी मुद्रा सञ्चिति तथा भारतीय रुपैयाँमाथिको दबाब कम गर्ने प्रयास गरेको विश्लेषण गरिएको छ। भारत विश्वकै सबैभन्दा ठूलो चाँदी उपभोक्ता देशमध्ये एक हो र आफ्नो कुल मागको ८० प्रतिशतभन्दा बढी आयातमार्फत पूरा गर्दै आएको छ।






