काठमाडौं । नेपाली पर्वतारोही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा ११औँ पटक सफलतापूर्वक आरोहण गरेकी छन्। यस उपलब्धिसँगै उनले महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान बनाएकी छन्।
सेभेन समिट ट्रेकका अनुसार उनी आज बिहान करिब ९:३० बजे सगरमाथाको चुचुरोमा पुगेकी हुन्। यससँगै उनले पुनः ऐतिहासिक उपलब्धि हासिल गर्दै आफ्नो नाम विश्व पर्वतारोहण इतिहासमा लेखाउन सफल भएकी छन्।
लाक्पा शेर्पा सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गर्ने पहिलो महिला बनेकी हुन्। उनको यो सफलताले साहस, दृढ आत्मविश्वास र पर्वतारोहणप्रतिको समर्पणलाई झल्काएको बताइएको छ।
सेभेन समिट ट्रेकले उनको उपलब्धिले विश्वभरका पर्वतारोही तथा महिलाहरूलाई निरन्तर प्रेरणा दिइरहेको जनाएको छ।






