काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। उनलाई जेठ ११ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओको पदमा नियुक्त गरिएको बैंकले जनाएको छ।

यसअघि केसी सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।