काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ। बैंकले जेठ ११ गते सूचना जारी गर्दै समितिमा नयाँ नियुक्ति र राजीनामा स्वीकृत भएको जानकारी दिएको हो।

नेपाल सरकार (अर्थमन्त्रीस्तरीय) को बैशाख २८ गतेको निर्णयअनुसार बैंकका पूर्व सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले दिएको राजीनामा स्वीकृत गरिएको बैंकले जनाएको छ।

त्यसैगरी, जेठ ४ गतेको पत्रअनुसार अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेयलाई बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको हो।

बैंकका अनुसार जेठ ८ गते बसेको सञ्चालक समिति बैठकमा पाण्डेयले सदस्यका रूपमा शपथ समेत ग्रहण गरेका छन्।