काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २७.८५ अंकले बढ्दै २७८६.३५ विन्दुमा पुगेको छ।

आज कुल १ करोड ४५ लाख ४० हजार कित्ता सेयर कारोबार हुँदा कारोबार रकम करिब ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको र ७ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ।

आज थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ९.०१ प्रतिशतले बढेको छ। त्यसैगरी सुपर खुदी हाइड्रोपावर ८.३२ प्रतिशत र अप्पर हेवा खोला हाइड्रोपावर ५.३८ प्रतिशतले वृद्धि भएका छन्।