काठमाडौं । एनआईसी एशिया बैंकले दसैंअघि नै लाभांश दिने भएकाे छ । बैंकको लाभांश पाउन असोज १५ गतेसम्म सेयरधनी बन्नुपर्ने भएको हाे ।
बैंकले असोज २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै बैंकले १६ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले असोज २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । बैंकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
बैंकको प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।







