काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो।
योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेकाे छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।







