काठमाडौं । सानिमा बैंकको प्रस्तावित १४.७० प्रतिशत लाभांश पारित भएको छ । बैंकको १९औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक बर्ष २०७९/८० मा २.६१ अर्ब रूपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २१५.६४ अर्ब रूपैयाँ, कुल निक्षेप १७८.८५ रूपैयाँ अर्ब तथा खुद कर्जा सापटी १४९.८७ रूपैयाँ अर्ब रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ ।