सानिमा बैंक लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज २७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

लाभांश वितरण क्षमतामा सानिमा बैंक दोस्रो स्थानमा, अधिकांश सूचकमा सुधार

बैंकले आव २०८१र८२ को सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले आगामी कात्तिक २ गते काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आफ्नो २१ औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।