काठमाडौँ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रस्तुत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ७१ करोड खुद रुपियाँ मुनाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा १६.९६ प्रतिशतले बढी हो ।

यस अवधिमा बैंकले खुद ब्याज आम्दानी पनि २.८२ प्रतिशतले बढाएर ६ अर्ब ३५ करोड पुर्याएको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब १ करोड रुपैयाँबाट बढेर १ अर्ब १९ करोड पुगेको छ ।

समिक्षा अवधिमा बैंकको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । अघिल्लो आवमा १ अर्ब ४४ करोड रहेको रिटेन्ड अर्निङ बढेर २ अर्ब ७८ करोड र रिजर्भ ५ अर्ब ८९ करोडबाट बढेर ६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यस्तै निक्षेप संकलन १३.५६ प्रतिशतले बढेर २ खर्ब २३ करोड र कर्जा प्रवाह १०.६८ प्रतिशतले बढ्दै १ खर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

यस समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो रकम १ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । जुन ९२.१३ प्रतिशतले बढी हो।

बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा अनुपात भने ०.५१ प्रतिशतबाट बढेर १.२१ प्रतिशत पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९३९.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.८० गुणा र तरलता अनुपात ३०.९५ प्रतिशत कायम भएको छ ।