काठमाडौं । सानिमा बैंक संचालक समिती अध्यक्षमा तुक प्रसाद पौडेल चयन भएका छन् । बैंकको कार्तिक २ गते बसको साधारण सभाले अध्यक्षमा पौडेललाई चयान गरेको हो ।
यस्तै संचालक समिति संचालकहरुमा बलराम पराजुली र निशा कुम्पाख चयन भएका छन् । अन्य सदस्यहरुमा रमेश कुमार पोख्रेल, आशुतोष उपाध्याय र लक्ष्मी प्रपन्न निरौला कायम छन् ।
बैंकले पत्र मार्फत नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, सानीमा क्यापिटल, नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई जानकारी गराएको छ ।









