काठमाण्डौ । सानिमा बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको घोषणा गरेको हो ।

घोषणाअनुसार बैंकले ७१ करोड ४८ लाख २२ हजार ८४५.६१ रुपैयाँ लाभांश बाँड्नेछ । हाल बैंकको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँ रहेको छ ।