काठमाडाैं । गाजामा युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले सोमवार घोषणा गरेको तथ्यांकअनुसार युद्धमा परी ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा १ हजार ४ सय इजरायली नागरिक मारिएका थिए। हाल इजरायलले प्यालेस्टाइनी एन्क्लेभमा हवाइ आक्रमण र स्थलगत आक्रमणलाई तिब्रता दिइरहेको छ।