काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीले कार्तिक महिनामा मात्रै ५५ लाख बढीको दाबी भुक्तानी गरेको छ ।
हाल ६२ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको आइ.एम.ई लाइफ इन्स्योरेन्सले गत कार्तिक महिनामा मात्रै उल्लेखित रकम बराबरको दाबी भुक्तानी गरेको बताएको छ ।
ईन्स्सोरेन्सले कार्तिक महिनामा परेको १२ वटा बीमा दाबी अन्तर्गत ५५ लाख ५९ हजार १६० बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण नगद फिर्ता तथा आजीवन योजना लगायतका बिमा सेवा प्रदान गर्दै आएको छ ।