काठमाडौँ । सरकारी स्वामित्वमा रहेका तीन बीमा कम्पनीहरू सिईओ विहीन भएका छन् ।

स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य बीमा बोर्ड , सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनी यती बेला नेतृत्व विहीन हुन पुगेका हुन्।

राष्ट्रिय बीमा कम्पनीमा सिईओ शेखर बरालले राजीनामा दिएपछि पद रिक्त भएको छ भने नेपालको सबैभन्दा पुरानो जीवन जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी संस्थानबाट नयाँ कम्पनीमा रूपान्तरण भएपछि नेतृत्व विहीन बनेको हो ।

त्यस्तै, राम्रो काम गर्न नसकेपछि स्वास्थ्य बीमा बोर्डबाट हटाइएका दामोदर बसौला को ठाउँमा अझै नयाँ नियुक्त गरिएको छैन । अर्थ मन्त्रालयको प्रत्यक्ष हस्तक्षेप रहने यो क्षेत्रमा नियुक्तको लागि राजनीतिक होडबाजी बाहेक थप mप्रगति हुन नसकेको अवस्थामा छ ।

मन्त्रालयबाट छनोट प्रक्रिया पुरा गरी नयाँ नियुक्तिका लागि महिनौँ समय लाग्ने हुँदा उक्त तीन स्थानमा अझै केही महिना लाग्ने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

सरकारी स्वामित्वको सबै क्षेत्र एकै पटक नेतृत्वविहीन बनेको यो पहिलो पटक हो । अहिले तीनै क्षेत्रमा त्यहाँका वरिष्ठ कर्मचारीलाई निमित्त दिएर प्रमुख कार्यकारीको काम गराइरहेको छन् ।

स्वामित्वमा रहेका राष्ट्रिय बीमा संस्थान परिवर्तित राष्ट्रिय जीवन बीमा कम्पनीमा हाल निमित्त कार्यकारीको जिम्मेवारी महेश रिमालले र राष्ट्रिय बीमा कम्पनीतर्फको जिम्मेवारी सुवास कोइरालाले सम्हालिरहेका छन् ।