काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण समग्र वित्तीय आधार मजबुत देखिएको छ ।
कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ भने विशेष जगेडा कोष ३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यस्तै, महाविपत्ति कोष ७० करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ २ अर्ब ६० करोड रुपैयाँ र अन्य इक्विटी १० अर्ब ५० करोड रुपैयाँ रहेको छ, जसले कम्पनीको दीर्घकालीन वित्तीय स्थायित्वलाई बलियो बनाएको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीले ९४ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने खुद बीमाशुल्क १६ करोड १६ लाख रुपैयाँ रहेको छ । पुनर्बीमा व्यवस्थापन अन्तर्गत कम्पनीले ७८ करोड ६७ लाख रुपैयाँ खर्च गरेको विवरण छ ।
यस्तै, कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १०८ रुपैयाँ ३७ पैसा र प्रतिशेयर नेटवर्थ ६ हजार ५२४ रुपैयाँ १० पैसा रहेको छ, जसले लगानीकर्ताको दृष्टिमा कम्पनीको वित्तीय मजबुतीलाई संकेत गर्छ ।







