काठमाडौं। सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका–१ देवीटार बस्ने ३० वर्षीय पाण्डे भन्ने विष्णु तामाङ रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत बानेश्वरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मिलन केसीले बताए ।