काठमाडौँ । बलिउड अभिनेत्री निकिता रावलको घरमा लुटपाट भएको छ । अभिनेत्रीलाई बन्दुक देखाएर नगद र गहना लुटपाट भएको हो ।
अभिनेत्री निकिताले आफ्नो घरबाट साढे तीन लाख नगद र थुप्रै गहना लुटिएको बताइन् । उनले अक्षय कुमारको फिल्म ‘गरम मसाला’ मा अभिनय गरिसकेकी छन् ।
लुटपाटमा उनकै घरमा काम गर्दै आएका एक व्यक्तिसमेत संलग्न रहेको पाइएको छ । बांगुर नगर पुलिस स्टेसनका सिनियर इन्सपेक्टरले लुटपाटबारे उजुरी दर्ता भइसकेको र प्रमोद नाम गरेका एक आरोपित र उनका एक साथीलाई नियन्त्रणमा लिइसकेको जानकारी दिएका छन् ।
प्रमोद अभिनेत्री निकिताकै घरमा काम गर्दै आएका थिए ।
निकिता भन्छिन्, ‘मलाई विश्वास नै भइरहेको छैन कि मेरै घरमा काम गर्नेमध्ये एक जनाले यस्तो गरेको छ भन्नेमा, दुःखको कुरा, मानिस कसरी पहिला विश्वास जित्छन् र पछि यो हदसम्म त्यसलाई दुरुपयोग गर्दछन् ।’