काठमाडौं । के.बि.एल सेक्यूरिटिज लिमिटेडले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भको शुभारम्भ गरेको छ ।

मङ्सीर २५ गते सोमबारका दिनबाट के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबारको शुभारम्भ गरेको जनाएको छ ।

कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज.ब.राणाको बिशेष उपस्थितीमा भएको उद्घाटन कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेडको कारोबार शुभारम्भको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।