कोलम्बो । श्रीलङ्काको पर्यटन क्षेत्रको आयमा गत मे महिनामा २०० प्रतिशतको उल्लेखनीय वृद्धि भई १३ करोड १५ लाख अमेरिकी डलर पुगेको यहाँको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अध्यक्ष प्रियन्था फर्नान्डोले शनिबार सञ्चारकर्मीसँग भने, “मे महिना पर्यटक आगमनका लागि खासै महत्वपूर्ण नमानिए पनि यो उल्लेखनीय वृद्धि भएको हो ।

सन् २०२२ को मे महिनामा पर्यटनबाट ४ करोड ३५ लाख अमेरिकी डलर आम्दानी भएको छ । सन् २०२३ को पहिलो पाँच महिनामा कुल ८२ करोड ७८ लाख अमेरिकी डलर पर्यटन आय भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ४ प्रतिशतले बढी हो ।

श्रीलङ्कामा यस वर्षको पहिलो पाँच महिनामा ५ लाख २४ हजार ४८६ विदेशी पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।

श्रीलङ्काको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने मुलुकमध्येको एक पर्यटन क्षेत्र कोभिड–१९ को महामारी र दक्षिण एशियाली मुलुकमा आर्थिक तथा राजनीतिक सङ्कटका कारण धराशायी भएको छ । एजेन्सी