काठमाडौं: भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जनालाई विमानस्थलबाट अध्यागमन कार्यालयले फिर्ता गरेको छ।

भिजिट भिसाको बहानामा विभिन्न देश जान लागेका तर भिसाको प्रक्रिया नमिलेका ८४ जनालाई लाई फिर्ता गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता गरिएको हो । उनीहरु दुवई, कतार, बहराइन लगायतका देशमा जान लागेका थिए ।

तर भिसा लगायतका कागजात चेकजाँच गर्दा उनीहरु भ्रमण उदेश्य नभई अर्कै कामका लागि जान लागेको आशंकामा चेकजाँच गर्दा कागजातको प्रक्रिया पनि नमिलेको पाइएको अध्यागमनले जनाएको छ।