काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटीको एक घरको बेसमेन्टमा सञ्चालित स्विट्समा ताला लगाएको छ । बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गर्न आग्रह गरे पनि अटेर गरेकोले आरके स्विट्समा ताला लगाउन बाध्य भएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
बेसमेन्टको नक्सामा स्टोर भनेर उल्लेख गरे पनि आरके स्विट्स नामको क्याफे रेस्टुरेन्ट चलाउँदै आएकोले जनप्रतिनिधिको रोहबरमा ताल्चा लगाएको हो ।
नक्सा अनुसारको बेसमेन्ट प्रयोजन गर्न महानगरले बारम्बार सबैतिर आग्रह गरिरहे पनि अटेर गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइरहेको महानगरले जनाएको छ ।