काठमाडौं । आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । आज साताको पहिलो कारोबारका दिन सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ९ सय र तेजावी प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले छ ।






