काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।
आइपीओ निष्कासन अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा कम्पनीले निवेदन दिएका छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ निष्कासन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका(८ मा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै छ ।







