काठमाडौँ । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव सहित पुस १ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा होटल सारथि, धुलिखेल, काभ्रेमा दिउँसो साढे २ बजेबाट बस्ने भएको हो ।

सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेटिएको छ ।