काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आइपीओ निष्कासनको तयारी गरेको छ ।

सन् २०२३ मा यस कम्पनीले १६ करोड आम्दानी गरेको यस कम्पनीले गत आर्थिक बर्षमा २२ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । जुन सन् २०२३ को भन्दा ४१.८७ प्रतिशतले बढी हो ।

२०२४ मा निजी लिमिटेडबाट सार्वजनिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको यो कम्पनीले पशु औषधि उत्पादन गर्दै आएको छ ।