सातको अन्तिम कारोबारका दिन आज नेप्से ओरालो लागेको छ । दुई कारोबारका दिन उकालो लागेको शेयर बजार त्यसपश्चात् निरन्तर राताम्य बनिरहेको छ । लगानीकर्ताको आत्मबल कमजोर भएसँगै शेयर बजार निरन्तर ओरालिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.६८ अकंले घटेर १८७२.०९ बिन्दुमा बन्द भएको छ। बिहीबार ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसै गरी बिहीबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८८ प्रतिशत, विकास बैंक समूहको १.६४ प्रतिशत र फाइनान्स समूहको ३.२१ प्रतिशतले सेयर मूल्य घटेको हो ।

नियामक लगानीकर्तालाई आश्वासन दिन व्यस्त भएपछि लगानीकर्ता निराश बनेका हुन् । परिसूचक निरन्तर खुम्ची रहेको छ । कारोबार समेत अपेक्षा अनुसार हुन सकेको छैन ।