काठमाडौं। विद्यालय शिक्षा विधेयकमाथि आज दफावार छलफल भएको छ । उक्त दफावार छलफलमा बोल्दै बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले विद्यालय शिक्षा तीन वटै सरकारको साझा अधिकार क्षेत्रभित्र रहेको बुझ्नुपर्ने बताएका छन् ।
विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको हो । यसअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल गरेको थियो ।
‘माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकारभित्र रहेको मत समेत आएको छ । तर यो संघबाट अलग छैन । यसकारण तीन वटै तहको अधिकार र कर्तव्यभित्र पर्छ भन्ने बुझ्नुपर्छ । यसरी प्रष्ट भयौं भने अगाडि बढ्न सहज हुन्छ,’ उनले भने ।
बडूको परीक्षा ५, ८, १० र १२ कक्षामा लिनुपर्ने । ५ सम्मको परीक्षा स्थानीय तहले लिने, ८ को जिल्लाले लिने र १० कक्षाको परीक्षामा प्रदेशको उपस्थिति गराउने प्रस्ताव छ । १२ कक्षाको परीक्षा केन्द्रले लिने सरकारको प्रस्तावमा बडूले समर्थन गरेका छन् ।