काठमाडौँ । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सम्पन्न भएको हो । संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बस्ने चलन चली आएको छ ।
एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा संसदीय छानबिन समिति बनेको छ । समितिमा नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे, ईश्वरीदेवी न्यौपाने, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन्।
उक्त बैठकमा सहकारीका समस्या र छानबिनको विषयमा केन्द्रित भएर बैंठम समापन भएको स्रोतको भनाई छ ।






