काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ ।

उनीविरुद्ध फरक फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति सुद्धीकरणमा सो बराबरको बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो । यस्तै पूर्वडीआईजी छविलाल जोशी विरुद्ध पनि ७४ करोड भन्दा बढी बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आज सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको सहो ।

अप्डेट: लामिछाने विरुद्ध सहकारी ठगी सहित तीन कसुरमा मुद्दा दर्ता